Logout

इनरुवामा विवाह पञ्चमी महोत्सवमा रामसीता रथ यात्रा

1k Shares

देवराज यादव

देवराज यादव। सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा जनकपुर पछिको भव्य कार्यक्रमका साथ विवाह पञ्चमी महोत्सव मनाएको छ ।

बार्षिक रुपमा विवाह पञ्चमीका दिन गर्दै आएको विवाह पञ्चमी उत्सव तथा महोत्सवमा शुक्रबार १० हजार बढी स्थानीयहरुको सहभागितामा रामसीता रथ यात्रा निकालिएको हो ।

रथ यात्रा सहित भव्य झाकी र्याली निकालिएको र सदाको वर्ष झै यस वर्ष पनि भव्यताका साथ विवाह पञ्चमी रामजानकी(रामसीतां) रथ यात्रा सम्पन्न गरिएको रामजानकी गुठी संस्था इनरुवाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो । विवाह पञ्चमी महोत्सवका दिन शुक्रबार इनरुवा नगरपालिका सहित छिमेकी स्थानीय तह भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज र कोशी गाउँपालिका लगायतमा आधा दर्जन बढी स्थानीय तहले विदा दिएको छ ।

इनरुवा नगरपालिका क्षेत्रमा विवाह पञ्चमीको दिन शुक्रबार रामजानकी मन्दिरबाट डोला तथा रथयात्रा निकालिएको थियो । झण्डै १० हजार स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिएको मेहताले जानकारी दिनुभयो ।

सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी इनरुवामा भगवान् रामजानकीको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण सहित रथयात्रा निकालिएको थियो ।रामजानकी गुठी संस्थाका उपाध्यक्ष पुण्य सिग्देलले गुठी र रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाइमा इनरुवा ४ को रामजानकी मन्दिरबाट शुक्रबार विहान राम र सीतालाई विशेष सुसज्जित डोलामा राखी बस चौक, इनरुवा ३ को महेन्द्रचौक, जिल्ला सरकारी वकील कार्यालय हुदै नगरको परिक्रमा गर्दै, इनरुवा २ को कुशु्मगाछी, शान्ती चौक, इनरुवा १ को लोकतान्त्रिक चौक, शिक्षा विकास तथा समन्वय इकाई, इनरुवा ९ बबिया, भगवती मन्दिर, लक्ष्मीनारायण मन्दिर हुदै पुनः रामजानकी मन्दिर तथा श्री रामजानकारी गुठी संस्थाको प्रागंणमा पुगेर प्रसाद वितरण सहित समापन गरेको छ ।1000005718.jpg

यहाँको रथ यात्रामा आएका साधु सन्तलाई विषेश सम्मान सहित विदाई गरिएको र भव्यताका साथ विवाह पञ्चमी महोत्सव मनाईको आयोजकले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रि
सम्बन्धित समाचार