676
Shares
दक्षिण कोरियामा विगत दुई दिनदेखि भीषण हिमपात हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ ।
राजधानी सियोलका केही भाग अत्यन्तै प्रभावित भएका छन् । हिउँकै कारण १ सय ४० वटा हवाई उडान रद्द गरिएका छन । विगत १ सय १७ बर्ष यताकै तेस्रो ठुलो हिउँ पर्दा राजमार्गहरुमा दर्जनौँ सवारी साधन दुर्घटनामा पर्नुकासाथै केही मानिस घाइते भएका छन् ।
आज बिहान ८ बजेसम्म राजधानी सियोल नजिकका ठाउँहरुमा ४० सेन्टिमिटर बाक्लो हिउँ परेको थियो। यसैगरी, उत्तर कोरियामा पनि १० सेन्टिमिटर बाक्लो हिउँ परेको छ ।।